Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामचन्द्रलाई भोट माग्दै घरदैलोमा निर्विरोध उम्मेदवार दीपक मनाङे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै राजीव गुरुङ उर्फ दीपक मनाङे घरदैलोमा पुगेका छन् ।

गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार गुरुङ बुधबार तनहुँ १ पुगेर पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका हुन् ।

यसअघि दीपक मनाङे एमाले र कांग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् ।

उनले उम्मेदवारी दिएको क्षेत्र मनाङ २ मा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । यसअघि उनी कुनै पनि पार्टीमा खुलेका थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077