Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकताका विषयमा रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई नागरिकता सम्बन्धी विवादमा स्पष्टीकरण सोधेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन क्षेत्र नं २ का उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध भन्दै उम्मेदवारी खारेजीका लागि उजुरी परेपछि आयोगले उनलाई बुधबार स्पष्टीकरण सोधेको हो ।

लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ । सो स्पष्टीकरण लामिछानेको सचिवालयले बुझेको थापाले बताए ।

लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको उनले जानकारी दिए । लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077