Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बिहीबारदेखि चार दिन जनकपुरधाम-जयनगर रेल सेवा बन्द हुने

काठमाडौं । बिहीबारदेखि जनकपुरधाम-जयनगर रेल सेवा बन्द हुने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुन लागेको हो ।

केन्द्रीय कार्यालयका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाका अनुसार मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने भएको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै मंसिर ५ गतेबाट भने नियमित समयमा रेल सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077