Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा हवाइ यात्रा गर्दा मास्क लगाउन पर्ने बाध्यता हट्यो

एजेन्सी । भारतमा हवाइ यात्रा गर्दा अब मास्क लगाउन नपर्ने भएको छ । कोरोना सुरु भएपछि विमानमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्ने थियो ।

मास्क नलगाए ठूलो जरिवाना तिर्नुपर्थ्यो । तर भारतको नागरिक उड्यन मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै अब मास्क लगाउन नपर्ने जनाएको छ ।

मन्त्रालयले कोरोना नियन्त्रणमा आएका कारण मास्क लगाउनुपर्ने बाध्यतात्मक व्यवस्था हटाइएको जनाएको छ ।

विमानमा यात्रा गर्दा मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको भएपनि अरू प्रतिबन्ध भने यथावत छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077