काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।
सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२)मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल 'लोसपा'का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो।
आयोगले भनेको छ,‘प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो।’
उनलाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले उनलाई अयोग्य ठहर गरेको छ।
आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो ।