Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक सम्मान’ प्रदान गरिने

काठमाडौं । महानायक राजेश हमाललाई नगद १ लाख राशिसहित ‘महानायक सम्मान’ गरिने भएको छ । चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा महानायक हमाललाई सम्मान प्रदान गर्न लागिएको हो ।

एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो।

यो सम्मान माघको पहिलो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ। नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077