Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको जस्तो भाषण गरेर मात्र देश बन्दैन : कांग्रेस प्रवक्ता महत

मोरङ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानमा टेकेर कमजोरीलाई सुधार गर्ने बताएका छन् ।

मोरङको सुन्दरहरैंचा-७ गछियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले​ दुईदुई पटक संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले हात उठाएको दाबी गरे । उनले कानुनी शासन, उद्योग स्थापना, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्न गठबन्धनले जित्नु पर्ने बताए ।

५ वर्षभित्र ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई भत्ता दिने कुरामा गठबन्धन सहमत भएको बताउँदै उनले नेपाललाई समुन्नत राष्ट्रको दाँजोमा पुर्याउने बताए ।

कुरा गरेर देश अगाडि नबढ्ने भन्दै उनले ओली २ घण्टा बोल्ने तर काम नगर्ने गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा ५ मिनेट पनि नबोल्ने तर काम गर्ने गरेको बताए ।

जुटाएर देश चल्ने फुटाएर नचल्ने भन्दै उनले अहिलेको गठबन्धनले सबै दललाई मिलाउने भूमिका खेलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077