Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की-३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल ‘जीवन’को उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जीवन कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवार हुन अयोग्य रहेको भन्दै उजुरी परेको हो ।

पोखरा–२४ का बोधराज रेग्मीले दिएको उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उल्लेख छ।

उक्त रकम नबुझाएको भन्दै कोषले २०७६ वैशाख १ गते कालोसूचीमा राखेको र हालसम्म पनि नबुझाएकाले उम्मेदवार बन्न योग्य नरहेको उजुरीमा दाबी गरिएको छ।

गण्डकी प्रदेशका अर्थमन्त्री जीवन संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले कोषबाट २०६९ फागुन २१ गते ५० लाख ऋण लिएको थियो।

उक्त रकम २०७३ असार मसान्तसम्म बुझाउनुपर्ने सम्झौता थियो। समयसीमा भित्र रकम नबुझाएपछि जीवनसहित सहकारीमा आबद्ध १५ जनालाई कोषले कालोसूचीमा राखेको थियो।

कालोसूचीमा नाम रहँदासमेत आयोगलाई विवरण नदिएर जीवनले आफुलाई उम्मेदवार बन्न योग्य रहेको झुटो दाबी गरेको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077