Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भक्तपुरमा आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु

    भक्तपुरमा आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 732
    SHARES

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, राईटोलमा बुधबार बिहान आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु भएको छ ।

    माथिल्लो कुण्डोलस्थित आत्माराम केसीको इँटा र काठले बनेको जस्ताको छानो भएको तीन तले कच्ची घरमा बिहान पौने ८ बजे अचानक आगलागी सुरु भएको थियो ।



    प्रहरीको अनुसार आत्माराम केसी र हरिशरण केसीको घरमा आगलागी भएको हो । आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो ।



    २५ वर्षीया अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । आगलागीमा परी घाइते भएकी नित्मा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार