Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरमा आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, राईटोलमा बुधबार बिहान आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु भएको छ ।

माथिल्लो कुण्डोलस्थित आत्माराम केसीको इँटा र काठले बनेको जस्ताको छानो भएको तीन तले कच्ची घरमा बिहान पौने ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

प्रहरीको अनुसार आत्माराम केसी र हरिशरण केसीको घरमा आगलागी भएको हो । आगलागीमा परेर आत्मारमकी छोरी अस्मिताको मृत्यु भएको हो ।

२५ वर्षीया अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । आगलागीमा परी घाइते भएकी नित्मा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077