Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - सुल्झिएको विषय उठाएर चुनावको मुखमा भ्रम छर्न खोजियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजेको बताएका छन् ।

सभापति लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको बताएका हुन् ।

लामिछानेविरुद्ध हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो ।

राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

उनले भने, ‘४ वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर विचलित छैन । एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा,

त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा,

अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?’

लामिछानेले सन् २०१८ मा नै अमेरिकाको पासपोर्ट छाडेर सबै प्रकृया मिलाएको दाबी गरे । उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दाबी गरिएको छ ।

साथै खारेज भइसकेको पुरानो नागरिकता पेस गरेर मनोनयन दर्ता गराएको उजुरी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनले फेसबुक लाइभमार्फत भने, ‘यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने नै छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ।’

उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए । उनले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्यालेट बक्सबाटै जवाफ दिइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077