Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ८४ वटा सञ्चार माध्यममा निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

    ८४ वटा सञ्चार माध्यममा निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 939
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।

    काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो ।



    अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन् । काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ ।



    ‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको त्यस्तै दर्तारसूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको, ३ वटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको र मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको छ’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसमा ६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता÷सूचीकरण नभएका ५ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ । यस्तै मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार