Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन बहिस्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङबाट पक्राउ

बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् ।

निर्वाचन बहिस्कार गर्न हिँडेका मशालका पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १२ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल) ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पौडेलसहित १२ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा पौडेलसहित अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा मशाल बागलुङका सचिव नारायण सापकोटा, पवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिक, सूर्य थापा, बिक्रम थापा, सागर कुँवर, आकास गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र यमप्रसाद शर्मा रहेका छन् ।

उनीहरुलाई कुश्मीसेरा प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077