Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योगमन्त्री बडुका स्वकीय सचिवले कांग्रेसकै नेतामाथि गरे बोतल प्रहार

दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले कांग्रेसकै नेतामाथि बोतल प्रहार गरेका छन् ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको बोतल प्रहारबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्टमाथि बोतल प्रहार गरेका हुन् ।

सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेको प्रहरीले जनाएको छ ।

बोतल प्रहारबाट घाइते भएका विष्ट गोकुलेश्वर अस्पतालमा उपचारपछि सोमबार साँझ नै डिस्चार्ज भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077