काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन-२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा आज दुई सदस्य थप गरिएको हो।
सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, काठमाडौं र केशर रोकाय, सुर्खेतलाई नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Leave a Reply