Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनपछि पनि सरकारको नेतृत्व शेरबहादुर देउवाले नै गर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ को निर्वाचनपछिको सरकारको नेतृत्व पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा गठबन्धनभित्र बढी सिटमा लडेको पार्टी कांग्रेस भएकोले स्वभाविकरुपमा नेतृत्व पनि कांग्रेस र त्यसको पार्टी सभापति देउवाले नै गर्नेमा दुईमत नरहेको बताए ।

‘प्रतिनिधि सभाका १६५ सिट मध्ये ९१ सिटमा हामीले लडेका छौं । ७४ सिटमा गठबन्धनका साथीहरू लड्नु भएको छ। त्यसबाटै सु–स्पष्ट हुन्छ, स्वभाविक नेतृत्व कांग्रेसको हो । त्यसकारण, नेतृत्वदायी भूमिका कांग्रेसको छ भन्ने कुरामा दुईमत छैन,’ महतले भने, ‘भोलिका दिनमा पनि स्ववाभिक नेतृत्व कांग्रेसकै हो। र कांग्रेसभित्र स्ववाभिक नेतृत्व शेरबहादुर देउवा नै हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077