Online Nepal
  • बुधबार, २ माघ २०८१
  • पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको ओलीको दाबी

    पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको ओलीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 774
    SHARES

    चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको टिप्पणी गरेका छन् ।

    नेकपा एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले विकास र समृद्धिको लागि एमाले सरकार अनिवार्य भएको बताए । गठबन्धनको सरकारका कारण देश घाटामा गएको उनले बताए।



    विकास निमार्णका काम ठप्प रहेको बताउँदै उनले गठबन्धनले जिते मुलुक संकटमा फस्ने बताए।



    ‘एमाले सरकार एमालेको लागि चाहिएको होइन। एमाले त प्रतिपक्षमा बसेपनि केही फरक पर्दैन होला,’उनले भने, ‘एमाले त पाँच वर्ष प्रतिपक्षमा बस्छ। तर यो गठबन्धनले फेरि जित्ने हो भने देश बर्वाद पार्छ। एमालेले जित्नैपर्छ। सरकारमा जानैपर्छ।’

    देशलाई एक लयमा लोकतन्त्र र विकासको मार्गमा अगाडि बढाउन एमाले सरकारको आवश्यकता रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार