Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार दोहोरो अंकले बढ्दा, करिब ९५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारमा २१ अंकले बढेको छ ।

सोमबार सेयर बजार परिसूचक २१.२६ अंकले बढेको हो । बजार बढेसँगै समग्र बजार परिसूचक १९०४.४३ मा उक्लिएको छ। त्यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.२१ प्रतिशतले बढेर ३७५.०३ मा उक्लिएको छ।

उप-समूहतर्फ आज कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१३ प्रतिशतले उकालो लागेको छ।

बजार बढ्दा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य बढेको छ। भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ। २१ अंकले बढेको बजारमा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ कम्पनीको सेयर खरिद बिक्री भएको थियो । जसमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077