Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अख्तियारद्धारा प्रश्नपत्र ‘आउट’ गर्ने विश्वविद्यालयका डीन र सहप्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियारद्धारा प्रश्नपत्र ‘आउट’ गर्ने विश्वविद्यालयका डीन र सहप्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 780
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा.विनय कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    विश्वविद्यालयकै पदाधिकारीबाट नतिजा फेरबदल र प्रश्नपत्र आउट गरी परिणाम फेरबदल गरी गरेको पाइएपछि आयोगले दुबै जना विरुद्ध मुद्धा दायर गरेको हो ।



    यी दुइले प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।



    मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयले २०७७ माघ १९ गते छलकपटपूर्ण तरिकाले सूचना निकालिएको,

    विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको उजुरी परेको थियो।

    यस्तै, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अकं थपघट गरिएको भन्ने उजुरी परेको थियो।

    अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अकं प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अकंलाई पटक-पटक केरमेट गरी ‘घटाएर’ अनुत्तीर्ण गरे गराएको देखिएको पाइएको छ।

    यस्तै, दासले अन्तर्वार्ताका क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी संकेत

    गरी उम्मेदवारको पहिचान गरी प्राप्ताकंका आधारमा अन्तर्वार्तामा अकं प्रदान गर्ने योजना बनाई सोही बमोजिम अकं प्रदान गर्न पहिले दिएको

    अकं केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको पाइएको छ।

    अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कमलेश डिसीले अन्तर्वार्तामा छनौट समितिको संयोजकका रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताका क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको,

    उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अकंसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनका लागि

    बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेदबदल गरे गराएको समेत देखिँदा निज मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक डिसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सजाय गर्न मागदावी लिइएको छ।’

    परीक्षा समितिका संयोजक सहायक डीन कमलेश डिसीले अंग्रेजी विषयको स्क्रीयूटीनी बोर्डको तर्फबाट उत्तरपुस्तिका सम्परीक्षणको

    जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक-पटक दिएको अकं केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार