Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्दै ओली

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) सिन्धुलीको दुधौलीमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहको छ ।

सोही कार्यक्रममा सहभागी हुन सोमबार अपराह्न २ बजे अध्यक्ष ओली हेलिकोप्टरमार्फत दुधौली पुग्ने भएका हो । उनले दुधौली बजारस्थित कमला बहुमुखी क्याम्पस अगाडीको सार्वजनिक चौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोही सभामा एमालेले सिन्धुलीको कमलाखोंच क्षेत्रका जनताहरुको बृहत रुपमा सहभागिता गराउने तयारी गरेको छ ।

सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ। एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मनोजजंग थापालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077