Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सागर ढकाल भन्छन् - कुनै चलखेल नभए डडेल्धुरामा जित सुनिश्चित भइसक्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभएर आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका हुन् ।

उनले भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ। इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला।’

साथै उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077