Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुुर्खेत पुगेर ओलीले भने - प्रचण्डको उद्देश्य कांग्रेस बोक्नुबाहेक केही छैन, चुनावपछि नेकपा एस सकिन्छ

सुुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को उद्देश्य कांग्रेस बोक्नुबाहेक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

सुुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले सकिने अवस्थामा रहेका प्रचण्डलाई आफूले सधैं लिएर ३६ सीट जिताइदिएको बताए ।

उनले भने, ‘हामीले गर्दा ३६ सीट ल्याउनुभएको थियो । चोक्टा खान जानुभएको मंसिर ४ गते कति झोलमा डुब्नुहुन्छ थाहा छैन। उहाँलाई ३६ सीट चाहिएको पनि छैन । उहाँलाई कांग्रेस बोक्ने बलियो काँध भए पुग्छ। आफ्ना लागि होइन ।’

माधव नेपालको पार्टीको आयु मंसिर ४ गतेसम्म मात्रै भएको बताए। पार्टी छाडेर भ्रममा परेर अल्झिएकाहरुलाई चुनावअघि नै फर्किन आग्रहसमेत गरे ।

उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077