Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फाइनल : इङ्गल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको लक्ष्य

एजेन्सी । आईसीसी टी-२० विश्वकपको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो ।

पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ र सदाब खानले रन बनाए । मुहम्मद रिजवानले १५ रन जोडे। मध्य क्रमका इफ्तिखर अहमदले खाता खोल्न सकेनन् ।

इङ्गल्यान्डका साम करनले ३ र अदिल रसिदले दुई विकेट लिए। बेन स्टोक्सको नाममा एक विकेट रह्यो । रसिदले चार ओभरमा र सामले ४ ओभरमा रन दिए ।

पाकिस्तानले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको थियो । बाबर र सान मसुदले तेस्रो विकेटका लागि ३९ तथा सदाब खान र जिसन मसुदले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो ।

१६ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको पाकिस्तानले त्यसपछिका दुई ओभरमा ८ रन जोडेको थियो भने दुई विकेट गुमाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077