Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित

काठमाडौं । नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिट आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ ।

सर्वाेच्च अदालतमा विश्वकप फुटबल बारे २ वटा मुद्धा परेकाे थियाे । सर्वोच्चले दुवै वटा मुद्दालाई एकै ठाउँमा राखेर हेर्नेछ ।

सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियाे ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियाे ।

सर्वाेच्चकाे उक्त अल्पकालिन आदेशकाे विरूद्धमा मिडिया हबले सर्वाेच्च अदालततमा मुद्दा दायर गरेको थियाे ।

विश्वकप हेर्नको लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले सर्वोच्च अदालतमा रिट दायर गरेका थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077