कालीकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणी गरेका छन् ।
कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका हुन् ।
आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।
उनले भने, ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ ।
प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए । देश बनाउने शक्ति निर्माण गर्न भनेर पार्टी मिलाएका थियौँ । पार्टीमा मलाई नै अल्पमतमा पर्नेगरी उनीहरूलाई विश्वास गरेँ । तर, धोका भयो ।’
फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको ओलीको भनाइ छ । उनले वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताए ।
ओलीले भने, ‘भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि
नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्याएपछि झन् आत्तिए । देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुग्यो ।’
एमालेले सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व-पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे ।
Leave a Reply