Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमले सार्वजनिक गर्‍यो ‘निर्वाचन अफर’, के–के छन् सुविधा ?

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले एक अफर ल्याएको छ ।

सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको हो ।

यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध गराइएको छ । एक दिनका लागि अनलिमिटेड

प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

यो अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा लिनका लागि मोबाइलबाट उल्लिखित प्याकेजहरू लिन ग्राहकले *१४१५# डायल गर्नुपर्छ।डायल वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077