Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाकोबुद्धशान्ती गाउँपालिका ३ बुद्धटोलबाट एक सय २ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित कचनकवल गाउँपालिकाका ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका-८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि प्रहरीले राजबंशीको कोठाबाट थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर र १ थान डिजिटल तराजु बरामद गरेको छ ।

हाल बिकाश राजबंशी फरार रहेको प्रहरीले जनाएको छ । यस्तै सिरहाको धनगढीमाई नगरपालिका-५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९ सय २० मिलिग्रामअवैध लागूऔषध ब्राउन सुगर र नगद २९ हजार रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स ८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे १२ प ४१९७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका१ कारागार नजिकबाट २४ वर्षीय आयुष सिंहलाई अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको छ ।

करिब १ ग्राम खैरो हेरोईनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दाङको लमही नगरपालिका ९ अमिलियाबाट ३ सय ९५ ग्राम अवैध लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रदेश ३-०२-००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुबै जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077