Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णालीका तीन जिल्लामा सम्बोधन गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

ओलीले बिहान ११ कालीकोट जिल्लाको रोस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, ओलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घणटघरको पश्चिमपट्टि आयोजना गरिएको बृहत् चुनावी सभालाई सम्बोधन गर्ने एमाले कर्णाली प्रदेशले जनाएको छ।

वीरेन्द्रनगरमा दिउँसो २ बजेपछि सभालाई ओलीले सम्बोधन गर्ने छन्। साथसाथै, लोक गायक ब्रदि पंगेनी पनि सहभागी हुनेछन् । ओलीले शनिबार सुदुरपश्चिम प्रदेशको डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077