Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सेना खेर्सनबाट फर्किएपछि युक्रेनमा उत्सव मनाउँदै जनता, युद्ध समाप्त नभएको दाबी

एजेन्सी । युक्रेनको खेर्सनबाट रुसी सेना फिर्ता भएपछि युक्रेनी सेनालाई त्यहाँ ठूलो उत्साहका साथ स्वागत गरिएको थियो ।

सेनाको पछाडी हटेपछि, ओडेसा र किभबाट उत्सवका तस्बिरहरु बाहिर आइरहेका छन् । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।

सामाजिक सञ्जालमा आएको भिडियोमा स्थानीय जनता झण्डा बोकेर सडकमा आइ देशभक्तिको गीत गाउँदै सेनालाई स्वागत गरेको देख्न सकिन्छ ।

आसियान शिखर सम्मेलनमा भाग लिन कम्बोडियामा रहेका युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुस खेर्सनबाट पछि हटेको घटनाले युद्ध हार्ने संकेत देखाएको बताए ।

तर युक्रेनी अधिकारीहरूले रुस खेर्सनबाट फिर्ता भए पनि 'युद्ध समाप्त नभएको' भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077