Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसाल भन्छन् - अहंकारका कारण ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरे

रुपन्देही । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आएको बताएका छन्।

रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार समेत रहेका भुसालले देवदह नगरपालिकामा घरदैलो गर्ने क्रममा यस्तो बताएका हुन् ।

भुसालले संविधानलाई सफल कार्यन्वयन गर्दै मुलुकलाई विकासको बाटामा अघि बढाउने वा संविधान मास्नेको पक्षमा लाग्ने भन्ने फैसला जनताले गर्ने बेला आएको बताए।

उनले आफ्नो अहंकार र दम्भका कारण केपी ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरेको आरोप लगाए।

भुसालले देशको विकासलाई द्रुत गतिमा अघि बढाउन र विकासको हिसाबले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन आफू उम्मेदवार बनेको बताए।

आफू पनि लामो समय एमालेमै रहेर काम गरेको प्रष्ट पार्दै उनले केपी ओलीको दम्भ र अहमताका कारण पार्टीमा रहन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077