Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेरि सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली, तीन चुनावी सभालाई सम्बोधन गर्ने

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै छन् ।

यही कार्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम आउन लागेका हुन् ।

ओलीले सुदूरपश्चिममा आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए ।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले कार्तिक १८ गते दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077