Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावको मुखमा ठमेलको नाइट क्लब पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा नाइटक्लबमा पुगेका छन् । गएराति अचानक काठमाडौंको ठमेलस्थित एलओडी नामक नाइटक्लबमा पुगेका हुन् ।

उनी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेको बताइएको छ । केही सहयोगीहरुसहित उनी नाइटक्लबमा देखा परेका थिए ।

शुक्रबार राति नाइटक्लबमा युवायुवतीहरुको ठूलो भिडभाड रहेको अवस्थामा नाइट क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखा परेका थिए ।

ओली करिब ३० मिनेट एलओडीमा बसेका थिए। बालकोट नामक ओलीको फेसवुकमा सार्वजानिक तस्वीरहरुमा ओली क्लबको मञ्चमा पुग्दा केहीले राष्ट्रिय झण्डा पनि देखाएका छन् ।

ओली क्लबको स्टेजमा गएर सम्बोधन गरेका थिए । यस्तै साथै हात हल्लाएर उपस्थितहरुलाई अभिवादन समेत गरेका थिए ।

हेर्नुस् तस्विर :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077