Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघका महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् ।

उनले केही दिनयता सिरियाका विभिन्न भू–भागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेको उनका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन्। केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ ।

यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077