Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोसपाको दिन दशा बिग्रिएर सत्ता गठबन्धनतिर लाग्यो : ओली

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर सत्ता गठबन्धनतिर लागेको बताएका छन् ।

सुनसरीको धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने बताए ।

सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको ओलीको भनाई छ ।

ओलीले भने,‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, क-कसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो ।

दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ गठबन्धनतिर लाग्यो अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो । राष्ट्रिय पार्टी लोसपा बन्दैन । दशा लाग्यो ।’

सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको उनले बताए। एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ।

उनले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको भन्दै कांग्रेससँग विचार र संगठन सकिएको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077