धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादी केन्द्रसँग एकता गरे पनि सफल हुन नसकेको बताएका छन् ।
शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए ।
एमाले सिध्याउन आफूमाथि अनेक खालको आरोपपत्र लगाएको उनले टिपप्णी गरे ।
ओलीले भने, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट निकाले, एमाले सिध्याउने षड्यन्त्र थियो ।भत्काइदिन्छु पहरो भनेर टाउको ठोकेर हुँदैन । गल्ती गरे एमाले भत्काउन खोजेर ।’
ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए । उनले त्यस वेला वामपन्थी आन्दोलन कमजोर अवस्थामा रहेको स्मरण गरे ।