Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रेस काउन्सिलको अपिल – मत सर्वेक्षणसम्बन्धी समाचारमा आचारसंहिताको विशेष ध्यान दिनू

    प्रेस काउन्सिलको अपिल – मत सर्वेक्षणसम्बन्धी समाचारमा आचारसंहिताको विशेष ध्यान दिनू

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 861
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनलक्षित मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार बनाउँदा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ ।

    काउन्सिलले आज विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताबाहिर गएर सर्वेक्षण नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई सचेत गराएको हो । ‘पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्छ, मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्छ’ काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    आचारसंहिता विपरीत मतदातालाई प्रभाव पार्ने किसिमले मत सर्वेक्षण एवम् विश्लेषण हुँदा निर्वाचन आचारसंहिता आकर्षित हुने काउन्सिलको भनाइ छ । मतदान सम्पन्न भएपछि त्यस्तो सर्वेक्षण एवं विश्लेषणको नतिजा सम्प्रेषण गर्न सकिनेतर्फ काउन्सिलले ध्यानाकर्षण गराएको छ ।



    काउन्सिलले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलक्षित गरी निर्वाचन विशेष अनुगमन गरिरहेको जनाएको छ । अनुगमनका क्रममा हालसम्म ३६ सञ्चार माध्यममाथि आचारसंहिता बमोजिम कारबाही भएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार