काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि उम्मेदवारहरुले अनलाइन सञ्चार माध्यममा विज्ञापन गर्न पाउने व्यवस्था गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले व्यवस्था गरेको हो ।
आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम।एम। रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् ।
यस्तै राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने छन् ।