Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाम्रो नेपाली पार्टीका उम्मेदवार यादवलाई आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

काठमाडौं । सिरहा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका हाम्रो नेपाली पार्टीका शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिरहामा स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । अन्यथा, कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्टीकरणपत्रमा उल्लेख छ ।

स्पष्टीकरणपत्रमा भनिएको छ, 'तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उमेदवार रहेको भनी प्रचारप्रचार गरेको बारे स्पष्टीकरण सोधिएकोमा तपाईंले ‘हाम्रो नेपाली पार्टीको उमेदवार भइसकेपछि स्वतन्त्र भनी प्रचारप्रसार नगरेको, आगामी दिनहरूमा पनि प्रचारप्रसार नगर्ने, निर्वाचन आयोगको निर्देशनविपरीत कुनै पनि कार्य नगर्ने’ भनी स्पष्टीकरण पेस गर्नुभएको व्यहोरा अवगत नै होला ।'

एकपटक स्पष्टीकरण सोधिसकेको अवस्थामा पुनः सोही कार्य दोहोरिएको देखिएको आयोगले जनाएको छ । 'तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?,' आयोगले स्पष्ट पार्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077