Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विप्लवलक्षित थपलियाको टिप्पणी - चुनाव बिथोल्न गुलेली नचलाउनूस्, मिसिन गन बोकेर मैदानमा छौँ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन् ।

बुधवार आयोगको कार्यालयमा युवासँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सो कुरा बताएका हुन् । उनले चुनावलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाको साथ आवश्यक रहेको बताए । आयोग चुनाव स्वतन्त्र, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरूपी 'मिशिन गन' बोकेर मैदानमा खटेको उनले बताए ।

आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न उनले आग्रह गरे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका दलहरूप्रति इङ्गित गर्दै उनले चुनाव बिथोल्नका लागि कुनाबाट अनावश्यकरूपमा गुलेली नचलाउन चेतावनी दिए ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नका निम्ति हामी एक किसिमले मिशिन गन बोकेर फिल्डमा उत्रिएका छौँ । कहीँ कतै कुनाबाट गुलेली ताक्नेहरू पनि हुनसक्छन्, त्यसलाई हेर्दिने काम युवाको हो । तपाईँहरूले पत्ता लगाइदिनुपर्‍यो । अनावश्यकरूपमा गुलेली चलाएर मट्याङ्ग्राको सत्यनाश नगरिदिनुस् भनेर तपाईँहरूले भनिदिनुपर्‍यो,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077