Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उम्मेदवारको मृत्यु भएको मोरङ ३ ‘क’ मा भोलि नयाँ उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा चुनावका लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको आज निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयनका लागि कार्यतालिका प्रकाशित भएको छ।

आयोगका अनुसार कात्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिइएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची कात्तिक २४ गते अपरान्ह ४ बजेभित्र आयोगले प्रकाशित गरिसक्नेछ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077