Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने - आचारसंहिता र आयोगको निर्देशन अवज्ञा गरे सह्य हुँदैन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगले संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

थपलियाले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ र भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्नसक्ने चेतावनी दिए ।

उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गरे ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लंघन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए ।

उनले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको संख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077