Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ ।

सोमबारको तुलनामा हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077