Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास

सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि जुत्ता प्रहारको प्रयास भएको छ ।

मंगलबार साँझ पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा जुत्ता प्रहारको प्रयास भएको हो ।

चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जोगाएको र मटेला प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077