Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • फैसलामा चित्त नबुझेपछि १२४ मुद्दाको पुनरावेदन लिएर सर्वोच्च गयो अख्तियार

    फैसलामा चित्त नबुझेपछि १२४ मुद्दाको पुनरावेदन लिएर सर्वोच्च गयो अख्तियार

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 837
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

    मंगलबार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।



    मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ ।



    अख्तियारले पत्रकार सम्मेलनमार्फत गत साउनयता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको तथ्यांक प्रस्तुत गरेको छ । सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

    पुनरावेदन गरिएका मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, घुस/रिसवत, गैरकानूनी सम्पत्ति आर्जन, राजस्व चुहावट, गुणस्तरहीन सामान खरिदलगायतका छन् ।

    जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा गएको अख्तियारले जनाएको छ । उक्त मुद्दाको कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारले जनाएको छ ।

    अख्तियारले बिगो तथा सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा सजाय माग नपुगेको, अनुसन्धान फितलो भएकोलगायतका कारण देखाउँदै विशेष अदालतले सफाइ दिएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार