Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले सोध्यो पर्सा-४ का कांग्रेस उम्मेदवार रिजाललाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई स्ष्टीकरण सोधेको छ ।

आयोगले उम्मेदवार रिजालले आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा स्पष्टीकरण सोधेको हो ।

आयोगले रिजाललाई २४ घण्टाभित्र प्रष्टीकरण दिन भनेको छ । आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको भनी आयोगमा उजुरी परेको थियो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

आयोगले उम्मेदवार रिजाललाई कार्कीलाई किन धम्की दिएको भन्दै त्यसविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनुपर्ने हो भनेर सोधेकव छ ।

आयोगको स्पष्टीकरणमा ‘यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध …निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ? भनी सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077