Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम आउँदै ओली

    चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम आउँदै ओली

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 837
    SHARES

    कैलाली । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम प्रदेश आउँदै छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।

    उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् ।



    ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए ।



    ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार