Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

रूपन्देहीं । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्ने गरी ब्याज वृद्धि नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् ।

रूपन्देही सियारी गाउँपालिका–६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने उनले बताए ।

उपयुक्त कारणबिना सरकारको निर्देशनविपरित जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने गृहमन्त्री खाँणले बताए ।

आम नागरिकलाई मर्का पर्ने गरी ब्याजदर बढाउँदा कारबाही गर्न कानूनले दिएन भने कानून संशोधन गर्न सरकार तयार हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077