Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यो गठबन्धन सातुको डल्लो हो, सुकेपछि फुट्छ : ओली

स्याङ्जा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गर्दै सातुको डल्लोको संज्ञा दिएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न सोमबार स्याङ्जा पुगेका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

सत्ता गठबन्धन स्वार्थको गठजोड भएकोले आसन्न निर्वाचनपछि यो सातुको डल्लोजसरी फुटेर जाने उनको दाबी छ ।

‘यो गठबन्धन सातुको डल्लो हो। पानी हालेर यसो जोडेको होला परमादेशले। पानी सुकेपछि यो भस्याकभुसुक हुन्छ,’ ओलीले भने, ‘यो मिलेमतोको सरकार, खुद्रा पसल अब चल्दैन।’

उनले परमादेशबाट अहिलेको सरकार बनेको र यो अस्थायी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077