रुपन्देही । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले बुद्धको मालवी देवदह र लुम्बिनी बुद्ध विश्व विद्यालयमा विशेष जोड दिएर विकास गर्दा रुपन्देही क्षेत्र नम्बरको १ मात्रै विकास नभई राष्ट्रियकरण विकासमा जोड्न सकिने योजना रहेको बताए।
प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
यस्तै कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्,
नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनलगायत १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ।
त्रिभुज चुनाव चिह्न लिएर मैदानमा गएका भुसाललाई गठबन्धन दलहरूले समर्थन गरेका हुन् ।
यसअघि रुपन्देही क्षेत्र नम्बर ३ उठेका भुसालले अहिले नीति र विकास दुवै मुद्दामा केन्द्रमा राखेर १ नम्बरको क्षेत्रमा मैदानमा गएको बताए ।
आगामी पाँच वर्षमा यो क्षेत्रको चौतर्फी विकास गर्ने प्रतिबद्धता गरे। आगामी दश वर्षभित्रमा विकसित क्षेत्रको रूपमा स्थापित हुने गरी जाने बताए। आफ्नो प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर पहल गर्ने उनको भनाइ छ।