Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भने - मतपेटिका र मतगणनामा संयमित भएर काम गर्नु

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, वचन र व्यवहार हुनुपर्ने बताएका हुन्।

निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले आयोगका पदाधिकारीहरुले त्यसमा ध्यान दिनुपर्ने बताए ।

सोमबार ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण भत्किन नदिन निर्वाचन आयोग नै बढी सजग हुनुपर्ने पोखरेलले बताए ।

पोखरेलले भने, ‘निर्वाचनलाई अप्ठ्यारोमा पार्ने तत्वहरु धेरै छन् । हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् ।

यतिखेर असाध्यै संवेदनशिल हुनुपर्छ । किनभने, सानो एउटा झिल्को भयो भने पनि डढेलो लाग्छ । यतिबेला आयोगको सबैभन्दा ठूलो शक्ति भनेकै संयमता हो ।’

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए ।

शीर्ष नेताहरू उम्मेदवार रहेको जिल्ला बढीसंवेदनशील हुने भएकाले त्यसको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए ।

शीर्ष नेताहरू उम्मेदवार रहेको जिल्ला बढीसंवेदनशील हुने भएकाले त्यसको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने भन्दै गुरूङले मतगणना विवादरहित बनाउन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए ।

त्यसैगरी, निर्वाचन आयोग मत पेटिकाको सुरक्षामा पनि उत्तिकै चनाखो हुनुपर्ने उनले बताए । २०६४ को निर्वाचनमा मतपेटिका बोकेर आएको ट्रक नै बेपत्ता भएको र अहिलेसम्म पत्ता नलागेको भन्दै उनले त्यस्तो घटना दोहोरिन नदिन आयोग नै सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077