Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा

काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।

उनले आफ्नो वेभसाइट मार्फत सन् २०२१ मा सगरमाथा राष्ट्रिय निकुञ्जमा गरिएको प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा हिउँ चितुवाको सङ्ख्या २६ प्रतिशतले बढेको निकुञ्जमा तीन सयभन्दा बढी हिउँ चितुवा रहेको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077